२६औं वन्यजन्तु सप्ताह, २०७८


: April 20, 2021, 5 p.m.
: धुन्चे, रसुवा

लामटाङ राष्ट्रिय निकुञ्ज, धुन्चे, रसुवामा २६औँ वन्यजन्तु सप्ताह २०७८, ''वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सह अस्तित्व'' भन्ने  मूल नाराका साथ जिल्ला समन्वय समिति, रसुवा र गोसाईकुण्ड गाउँपालिकाको समन्वयमा २०७८ साल बैशाख १ गते देखि ७ गतेसम्म मनाइएको छ | वन्यजन्तु सप्ताहको उपलक्ष्यमा धुन्चेमा जिल्ला स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता, संरक्षण सम्बन्धि पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो | साथै २६औँ वन्यजन्तु सप्ताहको अवसर पारेर माननीय वन तथा वातावरण मन्त्री श्री प्रेम बहादुर आले ज्युको उपस्थितिमा निकुञ्ज कार्यालय धुन्चेमा स्थापना गरिएको पर्यटक सुचना केन्द्रको समुद्घाटन कार्यक्रम समेत सम्पन्न गरिएको थियो | २६औं वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पदमार्गको  सरसफाई, संरक्षण सम्बन्धि प्रचार प्रसार, डढेलो नियन्त्रण कार्यक्रम प्रचार प्रसार लगायत विभिन्न संरक्षणमूलक कार्यक्रमहरु संचालन गरिएको थियो भने वन्यजन्तु सप्ताहको समापन कार्यक्रम २०७८ साल बैशाख ७ गते बाग्मती प्रदेशका माननीय भौतिक तथा पुर्बाधार बिकास मन्त्री श्री रामेश्वर फुयाँल ज्युको प्रमुख आतिथ्यमा संरक्षणमूलक सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्पन्न गरियो |

Latest News


  • 30th national wildlife week, 20…

    Read more
  • inaugurate the 30th Wildlife We…

    Read more
  • Program to welcome Mr. Shyam Ku…

    Read more
  • गोसाईकुण्ड पदमार्गमा रहेका होटल/ल…

    Read more
  • लामटाङ राष्ट्रिय निकुञ्जको ४५ औं ब…

    Read more