Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation
Lamgtang National Park
लामटाङ राष्ट्रिय निकुञ्जको ४५औं बार्षिक उत्सव कार्यक्रम २०७७/१२/०९ गते मनाइएको छ | सो उपलक्ष्यमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका पिडितहरुलाई राहत वितरण, निकुञ्जको संरक्षणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति, निकाय तथा संघ/संस्थालाई सम्मान समेत गरिएको थियो | सो कार्यक्रममा निकुञ्ज क्षेत्र अन्तर्गत रहेका प्रमुख पर्यटकीय पदमार्गमा फोहोर व्यबस्थापन गर्ने उदेस्यले निकुञ्ज कार्यालयले खरिद गरेको प्लास्टिक बोत्तल क्रशिङ मेसिन गोसाईकुण्ड गाउँपालिका वडा नं ६ लाई हस्तान्तरण समेत गरिएको थियो |