Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation
Lamgtang National Park
लामटाङ राष्ट्रिय निकुञ्जको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा रहेको गोसाईंकुण्ड पदमार्ग सरसफाई कार्यक्रम लामटाङ राष्ट्रिय निकुन्ज कार्यालयको आयोजनामा सम्पन्न गरिएको छ | कोभिड -१९ को कारणले पातलिएको पर्यटकको आगमन हाल बढ्दो क्रममा रहेको हुनाले पर्यटकीय पदमार्गहरुको सरसफाई कार्यक्रम लामटाङ राष्ट्रिय निकुञ्जले अगाडी बढाएको हो | गोसाइकुण्ड पदमार्ग सरसफाई पछि विदेसी तथा नेपाली पर्यटकहरु माझ लोकप्रिय मानिएको लामटाङ पदमार्गको सरसफाई कार्यक्रम पनि भइरहेको छ |